Need Help ?
Call: +977- 087520009

जिल्लाको बारेमा

कर्णाली अञ्चलको जुम्ला जिल्ला र जिल्ला शिक्षा कार्यालय

 
१. जिल्लाको संक्षिप्त चिनारी  :
  • विकास क्षेत्र   : मध्यपश्चिमाञ्चल  , अञ्चल  : कर्णाली   , सदरमुकाम  : जुम्ला खलङ्गा, बजार  गाविससंख्या  : ३० ( तीस)  , इलाका  :  ९ ( नौ )  , निर्वाचन क्षेत्र  : १ ( एक )  ,
  •  भौगोलिक स्थिति : अक्षांस  : २८० ५८" देखि २९० ३०" उत्तरदेशान्तर : ८१० ५१" देखि ८२० ३५" पुर्व  , क्षेत्रफल  : २,५३१ वर्ग कि.मि. उचाई  : ७००० फिटदेखि २१०७७ फिट,   तापक्रम  : अधिकत्तम : ३०० से. ,  न्यूनतम   : -१४ से. वर्षा : ८०० मि.मि. , औषत वर्षा  , हिमपात अधिकतम : ४६.६ से.मी.  
  • भौगोलिक सिमाना  पुर्व  :  डोल्पा  , पश्चिम : कालिकोट  , उत्तर :  मुगु ,  दक्षिण  : जाजरको  
  • उपयोगमा आएको जमिन  कृषि योग्य  : ६६,२४७ हे.  सिंचित क्षेत्र  : २६०९५ हे.  वनजंगल  : १०४५७० , हे.  चरन  : ६९०२६ हे. ,  अन्य  : १४,५२२ हे.  
  • जनसंख्या -२०६८ को जनगणना)   कुल जनसंख्या : १,०८,९२१  ,  पुरुष  : ५४८९८ वा ५०.४%  , महिला  : ५४०२३ वा ४९.६%  , कूल घरधुरी संख्या : १९,३०३,, जनघनत्व ४२.८  , प्रति वर्ग किमि रहेको पाइन्छ
  • साक्षरता  : राष्ट्रिय जनगणना २०६८  ५ वर्षन्दा माथिका उमेर समूह ५८.१ प्रतिशत पुरुषतर्फ ७१.५ प्रतिशत र  महिलातर्फ ४४.५ प्रतिशत, ८% बालबालिकाहरु विद्यालय बाहिर  ३३९० जना  
  • मुख्य मुख्य खोलानालाहरु :  हिमानदी, तिला नदी, जवा नदी ।  
  • मुख्य जडीबुटी   जटामसी, हात्तिजडा, सुगन्धवाल, सिलाजित, यार्सागम्बा , गुच्चीच्याउ, पदमचाल, निरमसी, अतिस, केसहर, घोडामच्चो, कटुको, समुयो, तितो, गुन्नाइनो, चिर्राईतो आदि ।  
  • मुख्य अन्न बाली   धान, जौ, गहुँ, कोदो, मकै, फापर, चिनो, कागुनो, उवा आदि ।  
  • मुख्य फलफूल स्याउ, आरु, ओखर, खर्ुपानी, आरुवखडा आदि ।  
  • जातजाति  :   क्षेत्री, बाहुन, ठकुरी, दमाई, कामी, सार्की, नेवार, गुरुङ्ग, मगर आदि ।
  • यस जिल्ला समुन्द्र सतहबाट ७००० फिटदेखि २१०७७ फिटसम्मको उचाइमा फैलिएकोछ ।  जिल्लाको सदरमुकाम खलङ्गा बजार समुद्र सतहदेखि ७६०० फिटको उचाईमा रहेको छ । 
  • कुल कृषि योग्य भूमि६६,२४७ र कुल खेती गरिएको जमिन २६,७६१ छ र सिंचित -खेत) ३०५१ र्व्ार्गमि., । -
  • नेपालमा स्याउ खेतीे उत्पादनको हिसावले पहिलो स्थानको श्रेय पनि जुम्लालाई छ, यो २१०० हे.मा स्याऊ रोपण गरिएको छ भने हाल स्याउको उत्पादन ३९८३ मे.टन भएको अवस्था छ । स्याऊ र मुख्य फलफूल तथा तरकारी बालीले ढाकेको क्षेत्रफल २३७५ हे.क्षे. छ । 
  • धान ३००० हे.मा उत्पादन भईरहेको छ ।
  • यस जिल्लामा हालसम्म २३ वटा पशुपालन पकेट क्षेत्र निर्धारण गरी पशु विकास कार्यक्रम सञ्चालनमा ल्याइएको छ, जर्सर्ीीाईको पालन पनि बढिरहेको छ । वाषिर्क २१९०० लि. दुध संकलन एवं विक्री वितरण हुने गरेको छ । 
  • प्राङ्गारिक जिल्ला जुम्ला 
  • प्रतिव्यक्ति आय २१,९०२ रहेको छ । यसमा आफ्नो खेतीपाती तथा नियमित आम्दानीको स्रोतबाट १०-१२ महिनासम्म खान लाउन पुग्ने प्रतिशत १४.२,र ६ महिनाभन्दा बढी पुग्ने सँस्था करिव ४० प्रतिशत मात्र रहेको देखिन्छ । 
  • सहकारी सँस्थाहरुमार्फ जिल्लामा करिव ९ करोड ५० लाख रकम वचत भई परिचालन भएको छ ।
  • जिल्लामा फिडर सडक ८३ कि.मि., जिल्ला सडक १२८.२ कि.मि. र गाउँ सडक ६७.३ कि.मि रहेका छन् ।
  • जुम्ला जिल्लामा एक साना जलविद्युत आयोजना १३० कि.वा. र अन्य १५ वटा लघुजलविद्युत आयोजनाहरुबाट ४९९.७ कि.वा. क्षमाताको विद्युत उत्पादन गरी करिव २५०० घरधुरीलाई विद्युत सेवा उपलब्ध भएको छ ।
  • सिंचाई डिभिजन कार्यालयको विवरण अनुसार हालसम्म जिल्लाको २२०० हेक्टर जमिनमा पुर्णरुपमा र  ८०० हेक्टरमा आंशिक सिंचाई सुविधा पुगेको देखिन्छ ।
  • खुला  दिशामूक्त क्षेत्र घोषणा भएको गाविस २८ वटा - जम्मा ३० गाविसमा  ।
स्रोत :  District Profile analysis, Jumla,  2070. prepared by DDC, Jumla.
वेभमा तयार पार्ने :  सिंहराज डाँगी , विद्यालय निरीक्षक,  जि.शि.का. , जुम्ला ।